कास यो कोरोना भन्ने चिज न नजन्मदोहो त अहिले मान्छेहरु के गरि रहेका हुँदा हुन् ?
एक पक्ष
- कोहि हाकिम सँग चाप्लुसी गर्दै हुन्थे कि ?
- कोहि कुन होटेल मा भरे डिनर गर्ने, सोच्थे होला |
- कोहि ठेक्का हात पार्न कुन नेताको पाउ मोल्दै हुन्थे होला |
- कोहि डान्स बारमा "मेरी छम्मा" भन्दै युवती सँग लास्किदै हुन्थे होला |
- कोहि भोलि बैंक कसरी लुट्ने भन्दै योजना बुन्दै हुन्थे होला |
- कोहि भन्सारबाट गैह्र कानुनी सामान छुटाउदै हुन्थे होला |
- कोहि छोराछोरीकोलागि महँगो स्कुल खोज्दै हुन्थे होला |
- कोहि अमेरिका/अस्ट्रेलिया/युरोपको सपना बुन्दै हुन्थे होला |
- कोहि बिचौलियाको मात्रा बढाउन मै मस्त हुन्थे होला |
- कोहि कमिशन बढाउन मै मस्त हुन्थे होला |
अर्को तिर
- कोहि टाउकोमा नाम्लो, पिठ्युमा भारी लिई पसिना चुहाउदै हुन्थे कि ?
- कोहि अरव/खाडीमा पसिना बगाउने, घर सजाउने सपना बुन्दै हुन्थे होला |
- कोहि सानो जागिरको त्यान्द्रोमा झुण्डिएर पनि सुखी भविष्यको सपना बुन्दै हुन्थे होला |
- कोहि गिट्टी ठटाउदै गर्दा साँझ अगेनो कसरी बाल्ने सोच्दै हुन्थे होला |
सबैको खातिर प्रकृति पिडित नै भई रह्यो सधै सधै |
आयो कोरोना सबैलाई घर भित्रै थुन्यो
सारा विश्वलाई भन्यो
हुनेले खाउँन नहुने मारुन वास्ता छैन
सब जनालाई मृत्यूको डरले उडाउदै |
सबका सब अहंकार तोड्दै
मानवको एक छत्र जरा उखाल्यो
अन्य जीवको पनि अस्थित्व देखायो
प्रकृतिलाई रमाउने ठाउँ देखाउदै |
खुसि छ प्रकृति केहि सास फेर्न पाएकोमा
हरियाली उमार्न पाएकोमा
प्रदुषणबाट छुटकारा पाएकोमा
गएको छ बिस्तारै ओजन मोटाउदै |
त्यसैले त अहिले प्रकृति विस्तारै सास फेर्दै छ
पुरानो कुरूप आवरण बिस्तारै चिर्दै छ
अन्य जीवको अभिभावकत्व ग्रहण गर्दै छ
सम्पूर्ण जीवात्मामा खुसि छर्दै छ