Friday, May 15, 2020

कोरोना कहर

कास यो कोरोना भन्ने चिज न नजन्मदोहो त अहिले मान्छेहरु के गरि रहेका हुँदा हुन् ? 

एक पक्ष     Corruption deep rooted in government | Nepali Times
  • कोहि हाकिम सँग चाप्लुसी गर्दै हुन्थे कि ?
  • कोहि कुन होटेल मा भरे डिनर गर्ने, सोच्थे होला |
  • कोहि ठेक्का हात पार्न कुन नेताको पाउ मोल्दै हुन्थे होला |
  • कोहि डान्स बारमा "मेरी छम्मा" भन्दै युवती सँग लास्किदै हुन्थे होला |
  • कोहि भोलि बैंक कसरी लुट्ने भन्दै योजना बुन्दै हुन्थे होला |
  • कोहि भन्सारबाट गैह्र कानुनी सामान छुटाउदै हुन्थे होला |
  • कोहि छोराछोरीकोलागि महँगो स्कुल खोज्दै हुन्थे होला |
  • कोहि अमेरिका/अस्ट्रेलिया/युरोपको सपना बुन्दै हुन्थे होला |
  • कोहि बिचौलियाको मात्रा बढाउन मै मस्त हुन्थे होला |
  • कोहि कमिशन बढाउन मै मस्त हुन्थे होला |
अर्को तिर    Poverty – Characteristics, Causes, Alleviation - Economics Notes ...
  • कोहि टाउकोमा नाम्लो, पिठ्युमा भारी लिई पसिना चुहाउदै हुन्थे कि ?
  • कोहि अरव/खाडीमा पसिना बगाउने, घर सजाउने सपना बुन्दै हुन्थे होला |
  • कोहि सानो जागिरको त्यान्द्रोमा झुण्डिएर पनि सुखी भविष्यको सपना बुन्दै हुन्थे होला |
  • कोहि गिट्टी ठटाउदै गर्दा साँझ अगेनो कसरी बाल्ने सोच्दै हुन्थे होला |
सबैको खातिर प्रकृति पिडित नै भई रह्यो सधै सधै | 
Korona nedir? Belirtileri, çıkışı, şu anki durumu

आयो कोरोना सबैलाई घर भित्रै थुन्यो                    
सारा विश्वलाई भन्यो 
हुनेले खाउँन नहुने मारुन वास्ता छैन 
सब जनालाई मृत्यूको डरले उडाउदै |

सबका सब अहंकार तोड्दै 
मानवको एक छत्र जरा उखाल्यो 
अन्य जीवको पनि अस्थित्व देखायो 
प्रकृतिलाई रमाउने ठाउँ देखाउदै |

खुसि छ प्रकृति केहि सास फेर्न पाएकोमा 
हरियाली उमार्न पाएकोमा 
प्रदुषणबाट छुटकारा पाएकोमा 
गएको छ बिस्तारै ओजन मोटाउदै |

त्यसैले त अहिले प्रकृति विस्तारै सास फेर्दै छ 
पुरानो कुरूप आवरण बिस्तारै चिर्दै छ 
अन्य जीवको अभिभावकत्व ग्रहण गर्दै छ 
सम्पूर्ण जीवात्मामा खुसि छर्दै छ   

Earth Day Drawing 22 April, earth transparent background PNG ...